
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– ७, इन्द्रावती बगरमा बालुवा लोड गरी फर्कने क्रममा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बालुवा लोड गरी फर्कने क्रममा आइतबार बिहान करिब ३ बजे बा.४ख ३३६३ नम्बरको टिपर दुर्घटनामा परेको हो । उकालोमा पछाडि गुडेर अनियन्त्रित भएकाे टिपर सडकबाट करिब एक सय मिटर तल खस्दा चालकको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारीअनुसार टिपरचालक नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका– ७ का ४८ वर्षीय लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।