
ट्रक पल्टिएर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रूपमा खुला भएको छ । आज बिहान इच्छाकामना गाउँपालिका– ५, तुइनखोलामा ट्रक पल्टिँदा सडक अवरुद्ध भएको थियो ।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान यहाँ पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुला भएको छ । दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए ।