१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार १o:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘नबिल लाइफटाइम नि:शुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १o:३४:oo

नबिल बैंकले ‘नबिल लाइफटाइम नि:शुल्क क्रेडिट कार्ड योजना’को म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असार मसान्तसम्म लागू हुनेछ ।

योजनाअन्तर्गत क्रेडिट कार्ड लिन कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन । क्रेडिट कार्ड लिन ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफूलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्न सक्नेछन् ।

यो योजनाले आधुनिक बैंकिङलाई प्रवद्र्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्ने विश्वास बैंकको छ । ‘बाई नाउ, पे लेटर’मार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शून्य ब्याजदरमा सामान खरिद गर्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।

ग्राहकले नबिल बैंकको शाखामा गई यसबारे थप जानकारी लिन तथा लाइफटाइम फ्री–क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । साथै, वेबसाइटमा गई अनलाइनमार्फत पनि आवेदन दिन सक्ने जनाइएको छ । बैंकले देशभरिका दुई सय ६८ शाखा र तीन सय २० एटिएमबाट ग्राहक सेवा दिँदै आएको छ ।