
विकास हाइड्रोपावरले ६ जेठदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले नौ लाख नौ हजार एक सय एक कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा तीन लाख ५४ हजार पाँच सय ५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्नेछ ।