१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार

पाँच वर्षमा पनि  सुरु हुन सकेन प्रतिरक्षा विश्वविद्यालय  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५६:oo

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद फेरि एक वर्ष थपेको छ । मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति गठन आदेश फेरि संशोधन गरी सोमबार राजपत्रमा सूचना प्रकाशन गरिएको छ । आदेशको दफा २५(१) संशोधन गरी पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थप गरिएको हो । गत वर्ष पनि संशोधन गरी एक वर्ष थप गरिएको थियो । फेरि संशोधन गरेर ६ वर्ष बनाइएको छ । 

सरकारले १२ फागुन ०७६ मा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६’ जारी गरेकोहो ।त्यतिवेला पूर्वाधारको निर्माण समितिको काम दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको थियो । पाँच वर्षमा पनि पूरा नभएपछि विश्वविद्यालयमा नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु हुन सकेको छैन । ०८३ वैशाखबाट मात्र एनडिसी सुरु हुने सम्भावना छ । गत १९ बैशाखमा संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षबाट प्रतिरक्षा विश्वबिद्यालय सञ्चालनमा ल्याइने उल्लेख छ। 

काभ्रेको बनेपामा विश्वविद्यालय स्थापनका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । हाल भौतिक पूर्वाधार र पाठ्यक्रम तयारी काम भइरहेको समितिले जनाएको छ । पूर्वाधार विकास समितिको अध्यक्षमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा छन् । एनडिसी राष्ट्रिय सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण हुने सुरक्षाविद् बताउँछन् । हाल सैनिक अधिकृत एनडिसीका लागि विभिन्न देश जाने गरेका छन् ।