१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
तस्बिर: संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१५ जेठदेखि अनिश्चितकालीन ‘जनआन्दोलन’ गर्ने राजावादीहरूको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:४५:oo

राजावादी शक्तिहरूले आगामी जेठ १५ देखि अनिश्चितकालीन ‘जनआन्दोलन’ गर्ने घोषणा गरेका छन्।

बिहीबार एक कार्यक्रमबिच नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले अनिश्चितकालीन आन्दोलन घोषणा गरेको हो। उक्त आन्दोलनको संयोजन र परिचालन सोही समितिले नै गर्ने बताइएको छ।

शान्तिपूर्ण आन्दोलन गर्ने प्रस्ट पार्दै समितिले वर्तमान संविधानकै परिधिभित्रबाट संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र स्थापनालगायतका एजेन्डा अघि सारेको छ।

समितिले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका रवीन्द्र मिश्रलगायत सबैको रिहाइको मागसमेत गरेको छ।