१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २५ बिहीबार ११:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिएनआई र नेपाल विश्वविद्यालयबिच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार ११:११:oo

शिक्षा र उद्योगलाई जोड्न नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपाल विश्वविद्यालयबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्य र परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको बताए । शैक्षिक योग्यता हुने तर सीपयुक्त सिकाइ बढाउन आवश्यक देखिएकाले विश्वविद्यालयले यसमा योगदान गर्ने विश्वास व्यक्त गरे । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई उद्योगसँग जोड्न परिसंघले काम गर्ने प्रतिबद्धता पनि अग्रवालको थियो । 

विश्वविद्यालयका कुलपति डा. विन्दु लोहनीले विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि उद्योगमा इन्टर्नसिप गराउन परिसंघले सहयोग गर्नुपर्ने बताइन् । त्यस्तै, उपकुलपति प्राडा अर्जुन कार्कीले सीपयुक्त, उद्यमशीलता, नवीनतासँगै विद्यार्थीमा असल भावना विकास गराउने गरी कार्यक्रम ल्याइने जानकारी दिए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग अनुभव, पाठ्यक्रम विकास, नविनता, अनुसन्धानलगायत क्षेत्रमा विश्वविद्यालयसँग सहकार्य गरिने उल्लेख गरे ।