१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 08 May, 2025
Invalid date format २o:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–भारत सीमा क्षेत्रमा चार सुरक्षा निकायको संयुक्त सुरक्षा गस्ती [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३३:oo

भारत र पाकिस्तानबिच तनाव बढेपछि रुपन्देहीको सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाइएको छ। सीमा क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठलाई रोक्न नेपालको सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारतीय प्रहरी र भारतीय एसएसबीको संयुक्त टोलीले सीमा क्षेत्रमा गस्ती सुरु गरेको हो।

सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक मेखराज जोशीका अनुसार अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा कडाइ गरिएको हो। सीमा क्षेत्रमा आवश्यकताअनुसार आवतजावत गर्नेहरूको परिचयपत्र चेकजाँच गरेर अभिलेख राख्ने काम भइरहेको उनको भनाइ छ। 

पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्रमा बुधबार बिहान संयुक्त गस्ती गरिएको र शंकास्पद अवस्थामा रहेकाहरूको चेकजाँच र सोधपुछ भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक मुकेश न्यौपानेले बताए। 

सीमानाकामा नेपालतर्फ पनि सुरक्षा सर्तकता बढेको र भारतीय सुरक्षाकर्मीहरूले पनि कडाइ गरेको उनले बताए। नेपाली र भारतीय सुरक्षा निकायबिच समन्वय भैरहेको उनले बताए।

हेर्नुस् भिडियाे :