१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख २५ बिहीबार १७:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 जनताले सुन्ने होइन, अनुभव गर्ने विकास खोजेका छन् : सुहाङ नेम्वाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार १७:४२:oo

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनताले अनुभव गर्ने प्रकारको विकास खोजेको बताएका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले योजनाको चर्चा मात्रै नभई उपलब्धिको अनुभूति जनताले चाहेको बताएका हुन्।

‘जनताले अब ‘सुन्ने’ होइन, ‘अनुभव गर्ने’ विकास खोजेका छन्। योजनाको चर्चा हैन, उपलब्धिको अनुभूति चाहेका छन्,’ सांसद नेम्वाङले भनेका छन्।

नेम्वाङले सांसदको रूपमा प्रतिनिधिसभामा शपथ लिएको आज एक वर्ष पुगेको छ। सांसदको शपथ लिएको एक वर्षमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन पाउनुलाई ‘संयोग’ को रूपमा लिँदै नेम्वाङले इलामका जनतालाई स्मरण गरेका छन्।

जनतामा साधारणजस्तो देखिन विभिन्न आकांक्षाहरू पनि अधुरै रहेको भन्दै त्यसतर्फ काम गर्नुपर्ने उनको भनाइ थियो।