१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Wednesday, 07 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २४ बुधबार १३:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रि–मनसुनमा सरकारको तयारी चिन्ताजनक छ : सांसद पाण्डे

प्रशासनिक लगायत सबै सेवाहरु प्रभावित हुने खतरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार १३:२९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले प्रि–मनसुनमा सरकारको तयारी चिन्ताजनक भएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पाण्डेले देश प्रि–मनसुनको सुरुवाती चरणमा प्रवेश गरेको  र मौसमविद्का अनुसार यो वर्ष धेरै गर्मी र अघिल्ला वर्षहरूभन्दा धेरै वर्षा हुने हुँदा सरकारको तर्फबाट पूर्वतयारी अत्यावश्यक हुन्छ, तर हाल देखिएको सरकारको अवस्था चिन्ताजनक रहेकाे बताए ।

उनले देशका धेरैजस्तो ठाउँहरूको सडकहरू जोखिमयुक्त भएको र लाइफलाइनको रूपमा रहेको राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य सडकको अवस्था दयनीय रहेको बताए ।

उनले मुलुकको व्यापारिक हिसाबले, स्वास्थ्य सेवा, केन्द्रीय प्रशासकीय कामकाजका दृष्टिकोणले आवतजावतको मेरुदण्डको रूपमा रहेका यी सडक समयमै मर्मत–सम्भार गरी तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए । उनले  आकस्मिक उद्धारको पूर्वतयारी नहुँदा खाद्यान्न ढुवानी, औषधि आपूर्ति, बिरामीको आवागमन र  नागरिकलाई आवश्यक पर्ने प्रशासनिकलगायत सबै सेवाहरू प्रभावित हुने खतरा रहेको उल्लेख गरे ।