
बिरामी नागरिकलाई सरकारमार्फत निःशुल्क प्रदान गर्ने प्रतिरोधी औषधि स्वास्थ्य सेवा विभागमा आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्णयअनुसार विश्व हेमोफेलिया महासंघमार्फत निःशुल्क प्राप्त प्रतिरोधी औषधि स्वास्थ्य सेवा विभागमा आइपुगेको हो।
संघीय राजधानी काठमाडौंका वीर, त्रिवि शिक्षण, कान्ति र सिभिल अस्पतालसँगै प्रदेशका १० गरी १४ सरकारी अस्पतालमार्फत औषधि वितरण हुने व्यवस्था मिलाइएको छ।