१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
Invalid date format १९:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डाइभर्सनको ह्युमपाइप नै बगाएपछि कान्ति लोकपथ पुनः अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४८:oo

काठमाडौं र हेटाैँडालाई जोड्ने कान्ति लोकपथ पुनः अवरुद्ध भएको छ। सवारीसाधन अवातजावतका लागि बागमती खोलामा बनाइएको डाइभर्सन आइतबार पुनः बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको हो।

शनिबार रातिदेखि परेको वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका– ८ र ललितपुरको बागमती गाउँपालिका– २ जोड्ने बागमती नदीमा बनाइएको डाइभर्सन बगाएपछि आइतबार बिहानबाट उक्त सडकखण्ड अवरुद्ध भएको थियो।

प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले डाइभर्सन ममर्तपछि यातायात सुचारु गरे पनि पुनः बाढीले डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

प्रवक्ता अर्यालले बाढीले डाइभर्सन बनाउन प्रयोग गरिएको ह्युमपाइपसमेत बगाएकाले सवारीसाधन आवतजावतामा पूर्ण रूपमा समस्या भएको बताए। उनले उक्त डाइभर्सन मर्मत गर्न समय लाग्ने भएकाले तत्काल उक्त मार्ग भएर चल्ने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।

यसअघि गत असोज १० र ११ गते आएको अविरल वर्षाका कारण ललितपुर र मकवानपुर जोड्ने बागमती नदीमाथिको बगुवा पुलसम्मको पहुँचमार्ग बगाएपछि झन्डै दुई हप्तासम्म उक्त सडकखण्ड अवरुद्ध भएको थियो।

यस्तै, पछिल्लो समय १८ वैशाखदेखि १ जेठसम्म १५ दिन कान्ति लोकपथ दैनिक ६ घण्टाका लागि बन्द गरिँदै आएको छ। उक्त सडकखण्डको मकवानपुरको बकैया गाउँपालिकास्थित ठिंगन–बगुवा खण्डअन्तर्गत गँगटेनजिकैको भर्‍याङडाँडामा सडकको चौडाइ विस्तारका लागि चट्टान कटानको कार्य गरिने भएकाले १५ दिनसम्म उक्त सडकखण्ड बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द गरिएको हो।