१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २१ आइतबार १९:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीसँगको भेटपछि माओवादीले भन्यो–टिआरसी सकारात्मक ढंगले अघि बढेको पायौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार १९:३७:oo

नेकपा (माओवादी केन्द्र)ले टिआरसीसम्बन्धी प्रक्रिया सकारात्मक ढंगले अघि बढिरहेको पाएको बताएको छ।

सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै माओवादी उपमहासचिव वर्षमान पुनले यस्तो प्रतिक्रिया दिएका हुन्। छलफलमा प्रचण्ड र ओलीसँगै पुन र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल सहभागी थिए।

‘यो प्रक्रिया सकारात्मक रूपले अघि बढिरहेको हामीले पायौँ। खासगरी यो कहाँ पुग्यो, के भइराखेको छ भन्ने विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी गराउनुभयो,’ पुनले भने।