
आजदेखि कक्षा १२ को परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार एक हजार ९१ परीक्षा केन्द्र छन् । परीक्षामा झन्डै २० हजार निरीक्षक र २१ सुरक्षाकर्मी खटिँदै छन् । बोर्डका अनुसार जापानमा पनि एउटा परीक्षा केन्द्र छ, जहाँबाट १६ विद्यार्थीले परीक्षा दिँदै छन् ।
त्यहाँको दूतावासमार्फत परीक्षाका लागि सहजीकरण गरिएको छ । यसपालि ०५६ यता विषय लागेका वा परीक्षा दिन नपाएका विद्यार्थी पनि सहभागी हुँदै छन् । उत्तरपुस्तिका प्रदेश तहमा परीक्षण हुने र परीक्षा बोर्डले नतिजा प्रकाशन गर्नेछ ।