१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025
२o८२ बैशाख १५ सोमबार १९:२३:oo
Read Time : < 1 मिनेट
खेलकुद

सोलुखुम्बुका राईले जिते कन्चनजंघा हाफ म्याराथनको उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार १९:२३:oo

ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा आयोजित सिरिजंघा महोत्सवको अवसरमा सम्पन्न ‘कन्चनजंघा साहसिक हाफ म्याराथन’ प्रतियोगिताको उपाधि सोलुखुम्बुका अर्जुन कुलुङ राईले जितेका छन् । राईले निर्धारित दूरी २ घण्टा ६ मिनेट २५ सेकेन्डमा पार गर्दै उपाधिसहित नगद २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ हात पारेका छन्।

सोही प्रतियोगिताको दोस्रो स्थान जुम्लाका धीरजबहादुर बुढाले हात पारेका छन्। उनले १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगी बुढाले निर्धारित दूरी दुई घण्टा ६ मिनेट ४६ सेकेन्डमा पार गरेको म्याराथन व्यवस्थापन संयोजक निक्की नेम्बाङले जाकारी दिए। उनले २ घण्टा १० मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै ताप्लेजुङका बिबिसन लिम्बू तेस्रो भएका र उनले नगद ५८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्राप्त  गरेको जानकारी दिए।

प्रतियोगितामा चौथोदेखि १०औँ स्थानसम्ममा आइपुग्ने धावकलाई नगद ८ हजार ५ सय ८६ रुपैयाँसहित प्रमाणपत्र प्रदान गारिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा सिरिजंघा गाउँपालिका उपाध्यक्ष डा.चित्रकुमार माबो लिम्बूले बताए।

सिरिजंघा गाउँपालिकाको आयोजनामा १३ वैशाखदेखि पालिकाको वडा नम्बर ८, याम्फुदिनस्थित नयाँ झोरेनी क्षेत्रमा महोत्सव आयोजना भएको थियो। महोत्सवको तेस्रो तथा अन्तिम दिन सोमबार हाफ म्याराथन प्रतियोगिता भएको डा. माबोले बताए। उनले याक तथा चौँरी प्रर्दशनी, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम, कञ्चनजंघा आधार शिविरसम्मको भ्रमणसहितका कार्यक्रम भएको जानकारी दिए।