१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
सौरभ यादव राजविराज
Invalid date format १५:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराज कारागारबाट थुनुवा फरार

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १५:४९:oo

जिल्ला कारागार कार्यालय राजविराजबाट आइतबार राति एक थुनुवा फरार भएका छन्। चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको शम्भुनाथ नगरपालिका– ११ का रमानन्द मण्डल फरार भएका हुन्।

गत पुस ६ गतेदेखि कारागारमा रहेका उनी भागेको खबर कारागार प्रशासनले सोमबार बिहान मात्रै प्रहरीलाई गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

सप्तरी कारागार प्रशासक मातृका दाहालले दैनिकी बिहान हुने कैदीको गणनाको क्रममा एकजना कम रहेको पाएपछि खोजतलास गर्दा भागेको खुलेको बताए।