१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख १५ सोमबार १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षकप्रति प्रधानमन्त्रीबाटै दमनको भाषा बोल्ने काम भयो : वर्षमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार १४:o५:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् । 

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको बताए । 

आन्दोलनरत शिक्षक र प्रहरीबिच आइतबार बानेश्वर क्षेत्रमा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गर्दा एक सञ्चारकर्मीसहित ६० भन्दा बढी शिक्षक घाइते भएका थिए । 

पुनले विगतमा सरकारसँग तीन चरणमा भएका सहमति पालना गर्न सरकारको ध्यानाकर्षण गराए । ‘करिब एक महिनादेखि पेसागत माग राखेर शिक्षकहरू सडक आन्दोलनमा छन् । विगतमा तीन चरणमा भएका सहमति पालना गर्नुको सट्टा सरकारले दमनको भाषा बोलेको छ,’ पुनले भने, ‘यसको म निन्दा र भर्त्सना गर्दछु ।’