१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १५ सोमबार १२:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षकमाथि दमन गरेर सरकारले बहुमतको अत्याचार देखायो : माओवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार १२:४o:oo

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शिक्षक महासंघको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपप्रति विरोध जनाएको छ । माओवादीले शिक्षकमाथि सरकारले बहुमतको अत्याचार गरेको आरोप लगाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा विपक्षी दलका सांसदहरूले शिक्षकका जायज माग पूरा गरेर कक्षाकोठामा फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले शान्तिपूर्ण शिक्षक आन्दोलनमा सरकारले दमन गरेको आरोप लगाए ।

‘शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकमाथि सरकारले लाठीचार्ज, पानीको फोहोरा हानेर घाइते बनाएकोप्रति भर्त्सना गर्छु,’ शर्माले भने । उनले विगतमा गरिएका सहमति कार्यान्वयन नगरेर शिक्षकमाथि धोका भएको भन्दै माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।