१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन दिनभित्र शिक्षकहरू विद्यालय फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o८:oo

सर्वोच्च अदालतले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्काई नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता श्रवणकुमार चौधरीलगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले बालबालिकालाई नियमत रूपमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्न अन्तरिम आदेश दिएको हो।

‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ।

शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्ड परीक्षा समयमा नभई लाखौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको औँल्याउँदै परीक्षा नसार्न र तोकिएकै समयमा गर्न भनेको छ।