१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३५:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘कोशेढुंगा’को फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

चलचित्र ‘कोशेढुंगा’को फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले बिहीबार फर्स्ट लुक्सका रूपमा सिनेमाको पोस्टर बाहिर ल्याएको हो ।

भदौ १२ गते रिलिज हुने चलचित्रको पोस्टरमा चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन् । सुरक्षालाई ओड्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा पोस्टरमा देख्न सकिन्छ । उनको लुक्सले उनी नवविवाहितजस्तो देखिन्छ ।

उनी पहाडको एक घरको आँगनछेउमा उभिएकी छिन् । केही समयअगाडि छोडेर हिँडेकोजस्तो घर देखिन्छ । आँगनमा देखिएको झारले यो अनुमान लगाउन सकिन्छ । तर, घर छोडेको धेरै भएजस्तो देखिँदैन ।

घर, पहाडमा बस्ने धनी व्यक्तिकोजस्तो देखिन्छ । केही समय छोडिएको घर पुनः फर्किएर बस्ने गरी गएको हो कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ ।

बादलको घुम्टोमुनि पहाड, पहाडको फेदीमा रहेको घर, घरको आगनमा भर्खरै सहरबाट फर्किएकी एक नवविवाहित महिलाले गाउँ फर्किएर केही नयाँ काम गर्न खोजेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

तर, सिनेमाको कथाबारे निर्माणपक्षले केही बताएको छैन । 'पोस्टरले पक्कै पनि केही कुरा संकेत गरेको छ। यसलाई अहिले यतिमै सीमित गरौँ,' ‘कोशेढुंगा’का निर्देशक सरोज पौडेलले भने, 'अलिकति बढी कथा हामी आउने अन्य सामग्रीबाट खोल्दै जानेछौँ ।'

चलचित्र ‘कोशेढुंगा’मा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ।

महिलाप्रधान चलचित्रको मुख्य भूमिकामा सुरक्षा पन्त छिन् । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् ।

बाबु श्रेष्ठको डिओपी रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशीष अविरल र रिदम कँडेलको संगीत रहनेछ । सिनेमाका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

‘पूर्ण बहादुरको सारंगी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षीत सिनेमा बनेको छ । सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारंगी’ले नेपालमा मात्रै करिब ४७ करोड ५० लाखभन्दा बढी ग्रस कलेक्सन गरेको थियो। त्यसैले उनले निर्देशन गरेको यो चलचित्र कस्तो हुनेछ भन्ने धेरैमा चासो छ । यो चलचित्र नेपालसँगै विश्व बजारमा एक साथ प्रदर्शनमा आउने कुरा निर्माणपक्षले बताएको छ ।