१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
Invalid date format १६:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच हजार ७५० पत्ता लागुऔषध ट्रामाडोलसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४३:oo

मकवानपुर प्रहरीले ठुलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।

हेटौँडा– १५ रातोमाटेस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान पाँच हजार ७५० पत्ता (५७ हजार ५०० क्याप्सुल) लागुऔषध ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका– ७ बेनौली बस्ने गाडीचालक २५ वर्षीय तीर्थलाल पासवान र सहचालक सोही स्थानका २३ वर्षीय सुनील पटेल रहेका छन्।

बारा जिल्लाको सिम्राैनगढबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई हेटौँडा– १५ रातोमाटे चेकप्वाइन्टस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डमा रोकी जाँच गर्ने क्रममा उक्त परिमाणको ट्रामाडोल बरामद भएको उनले जानकारी दिए।

उनीहरूलाई शंका लागेर खानतलासी गर्दा गाडीको अगाडिको इन्जिन भएको भागमा लुकाएर ल्याएको अवस्थामा ट्रामाडोल बरामद भएको हो। उक्त लागुऔषध ट्रामाडोल हेटौँडाकै लागि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

पक्राउ परेका पासवान र पटेललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिए।