१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘हेल्लो काशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१९:oo

आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हेल्लो काशीराम’को नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ। बुढासुब्बाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ।

नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो गीत डान्सिङ जनरामा आधारित छ भने यसका नृत्य निर्देशक कोरियोग्राफर कविराज गहतराज हुन्। गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाण, सरोज केसीलगायत फिचर्ड छन्।

यसअघि चलचित्रको फर्स्ट लुक पोस्टर र टिजर सार्वजनिक भइसकेको छ। रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् भने पिबी थापाको लगानी छ।

यम आलेको छायांकन रहेको चलचित्रमा मित्र डी. गुरुङले सम्पादन र रंग संयोजन गरेका छन्।