१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका कञ्चनपुर
२o८२ बैशाख ११ बिहीबार १४:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १४:४o:oo

शुक्लाफाँटा नगरपालिकाका दुई हजार ५५२ घरधुरीका किसानलाई सूचीकरण गरिएको छ ।  कृषि पेसा व्यवसायमा संलग्न किसानलाई उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचीकरण गरिएको हो ।

किसान सूचीकरण संकेत नम्बर भएका किसानलाई मात्रै अनुदानलगायतका कार्यक्रममा समावेश गरिने भएकाले सूचीकरणको कार्य अगाडि बढाइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए। 

उनका अनुसार नगरपालिकाको– १, ११ र १२ मा किसान सूचीकरण गरिएको छ । जसअनुसार वडा नं. १ मा ४६८, वडा नं. ११ मा एक हजार २१ र वडा नं. १२ मा एक हजार ६३ गरी दुई हजार पाँच सय ५२ घरधुरीलाई सूचीकरण गरिएको छ ।

आगामी आवमा नगरपालिका– २, ३, ४, १० र ५ मा किसान सूचीकरण कार्य गरिने उनले बताए। कृषि विषय अध्ययन गर्ने अभ्यार्थीलाई परिचालन गरी सूचीकरण कार्य गरिएको उनको भनाइ रहेको छ । 

‘सूचीकरणले किसान परिचयपत्र दिन सजिलो हुने, किसानलाई खेतीका आधारमा ठुलो सानो गरी वर्गीकरण सकिने र त्यही आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ,’ उनले भने, ‘सूचीकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्यअगाडि बढाउन सकिन्छ ।’