
इन्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इन्डियन्सले लगातार चौंथो जित निकालेको छ। बुधबारको खेलमा मुम्बईले हैदरावादलाई सात विकेटले हराएको हो।
पहिले ब्याटीङ गरेको हैदरावाद १४३ रनमै समेटिएको थियो।
मुम्बईले तीन विकेट गुमाएर १५.४ ओभरमै लक्ष्य पूरा गरेर जित निकालेको हो। जितका लागि मुम्बईका रोहित शर्माले सर्वाधिक ७० रनको योगदान दिए।
यो जितसँगै मुम्बई अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। नौ खेलमा मुम्बईले पाँच जित निकालेको छ भने चार हार बेहोरको छ।
हैदरावाद भने आठ खेलमा ६ खेल हारेर अंकतालिकाको नवौं स्थानमा छ।