Skip This
विश्व हिन्दु महासंघमा संहिताशास्त्री बाँस्तोला संरक्षक मनोनीत, ‘राजावादी आन्दोलनमा महासंघ छैन’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
Invalid date format २o:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विश्व हिन्दु महासंघमा संहिताशास्त्री बाँस्तोला संरक्षक मनोनीत, ‘राजावादी आन्दोलनमा महासंघ छैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o१:oo

विश्व हिन्दु महासंघ राष्ट्रिय समितिले नेपालका चर्चित संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलालाई संरक्षक मनोनीत गरेको छ।

महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले बाँस्तोलालाई संरक्षक मनोनीत गरेको चिठी बुधबार हस्तान्तरण गरेका छन्। महासंघ राजावादीहरूको आन्दोलनमा सामेल छैन।

‘पण्डित नारायण पोखरेलसमेतले नेतृत्व गरिसकेको यो संस्थाले मलाई संरक्षक मनोनीत गरेको छ। महासंघले हिन्दु राष्ट्र, सनातन धर्म, संस्कार, संस्कृति प्रवर्द्धनमा गर्दै आएको काममा म थप भूमिका निर्वाह गर्नेछु,’ बाँस्तोलाले भने। 

उनले महासंघ राजावादी आन्दोलनमा नभएकोसमेत स्पष्ट पारेका छन्। ‘मैले भन्दै आएको छु कि मरेको गाईको पुछार समातेर वैतरणी तरिन्न। अर्थात्, अब नेपालमा राजंस्था पुनर्स्थापनाको मुद्दाको औचित्य छैन,’ बाँस्तोलाले भने, ‘तर, हामी नेपालको पहिचान हिन्दु राष्ट्रका पक्षमा छौँ। पूर्वराजा वा राजसंस्थासँग हाम्रो कुनै लेनदेन छैन। विभिन्न धार्मिक संघसंस्थासँग सम्बन्ध विस्तार गर्ने र धर्मसंस्कृति संरक्षण एवं संवर्द्धनमा मेरो भूमिका हुनेछ।’

बाँस्तोलाले कस्मिरको पहलगाममा भएको आतंककारी हमलाको पनि निन्दा गरेका छन्।