Skip This
ट्रम्पको कर कटौतीको संकेतपछि व्यापार वार्ताका लागि ‘ढोका खुला’ रहेको चीनको भनाइ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
रासस बेइजिङ
२o८२ बैशाख १० बुधबार १९:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रम्पको कर कटौतीको संकेतपछि व्यापार वार्ताका लागि ‘ढोका खुला’ रहेको चीनको भनाइ

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १९:३९:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि ‘पर्याप्त’ भन्सार शुल्क घटाउने सम्भावनाको संकेत गरेको एक दिनपछि वासिङ्टनसँग व्यापार वार्ताका लागि ढोका ‘व्यापक रूपमा खुला’ भएको चीनले बताएको छ।

आफ्नो आक्रामक व्यापार नीतिबाट विश्व बजारलाई थप राहत दिँदै ट्रम्पले मंगलबार अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई बर्खास्त गर्ने कुनै इरादा नभएको बताएका थिए।

जनवरीमा ह्वाइट हाउसमा फर्किएयता ट्रम्पले चीनबाट आउने धेरै उत्पादनमा १४५ प्रतिशतको अतिरिक्त भन्सार शुल्क लगाएका छन्। यसमा सुरुमा फेन्टानिल आपूर्ति शृृङ्खलामा चीनको कथित भूमिकामाथि लगाइएको भन्सार शुल्क र पछि वासिङ्टनले अनुचित ठानेका अभ्यासहरू समावेश छन्।

बेइजिङले अमेरिकी सामानहरूमा १२५ प्रतिशतको व्यापक प्रति–भन्सार शुल्कका साथ प्रतिक्रिया दिएको छ, तर बुधवार व्यापार वार्तामा संलग्न हुन इच्छुक रहेको दोहो¥याएको छ।

‘चीनले भन्सार शुल्क युद्ध र व्यापार युद्धमा कुनै विजेता नभएको प्रारम्भिक रूपमा औँल्याएको थियो’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बेइजिङमा दैनिक पत्रकार सम्मेलनमा भने, ‘वार्ताका लागि ढोका व्यापक रूपमा खुला छ।’

चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार व्यापार युद्धले ‘सबै देशको वैध अधिकार र हितलाई कमजोर परी बहुपक्षीय व्यापार प्रणालीलाई चोट पु¥याउने र विश्व आर्थिक व्यवस्थालाई असर पार्ने चेतावनी दिएका छन्।

ट्रम्पले १४५ प्रतिशत ‘धेरै उच्च’ स्तर हो र त्यो ‘उल्लेखनीय रूपमा तल आउनेछ’ भनेर स्वीकार गरेपछि बेइजिङबाट यो पुनः पुष्टि आएको हो।