Skip This
विमानस्थलमा ६० हजार डलरसहित भारतीय महिला पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

विमानस्थलमा ६० हजार डलरसहित भारतीय महिला पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध डलरसहित भारतीय महिला पक्राउ परेकी छिन्। विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट भारत लैजान लागेको अमेरिकी डलर ६० हजार १ सयसहित भारतीय नागरिक ४० वर्षीया सोनी गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त अमेरिकी डलर फेला परेपछि पक्राउ परेकी हुन्। 
उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ।