Skip This
 विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ    
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 22 April, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format २१:३१:oo
Read Time : < 1 मिनेट
समाचार

 विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ    

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format २१:३१:oo

आफ्नै विद्यालयकी विद्यार्थीलाई यौन दुर्व्यवहार गरको आरोपमा संखुवासभामा एक शिक्षक पक्राउ परेका छन्। सदरमुकाम खाँदबारीमा रहेको सूर्य आवासीय माध्यमिक विद्यालयका एक शिक्षक यौन दुर्व्यवहार गरेको कसुरमा पक्राउ परेका छन्।

बाल यौन दुरुपयोग कसुरमा चैनपुर नगरपालिका–३, सिद्वकाली स्थायी घर भई हाल खाँदबारी नगरपालिका–१ बस्दै आएका ३१ वर्षीय विवेक खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। उनका अनुसार आइतबार राति १ बजे होस्टेलको आफू सुत्ने कोठामा बोलाई बाल यौन दुरुपयोग गरेको उजुरीका आधारमा पक्राउ गरिएको र जिल्ला अदालतबाट मंगलबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

शिक्षक खत्री विद्यालयको होस्टेलमा बस्दै आएका थिए भने सोही होस्टेलमा विद्यालयमा अध्ययनरत एक १७ वर्षीय कक्षा १२ मा पढ्ने छात्रासमेत बस्दै आएकी थिइन्। विद्यार्थीलाई राति मोबाइलमा म्यासेज गरेर बोलाएको, विभिन्न डरधम्की दिएर यौन शोषण गर्न खोजेको भन्दै छात्राले जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दिएकी थिइन्।