१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
Invalid date format १९:३१:oo
Read Time : < 1 मिनेट
समाचार

नीति कार्यक्रम बनाउन बागमती प्रदेशमा कार्यदल गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३१:oo

बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०८२/८३ को नीति कार्यक्रम तथा बजेट निर्माणका लागि कार्यदल बनाइएको छ। मुख्यमन्त्री बहादुर लामा तामाङको नेतृत्वमा कार्यदल भएको हो।

कांग्रेस संसदीय दल बागमती प्रदेशको कार्यलयमा सोमबार बसेको सत्तारूढ दलको बैठकले नीति कार्यक्रम र बजेट निर्माणका लागि कार्यदल बनाउने निर्णय गरेको हो। मुख्यमन्त्री लामा संयोजक रहेको कार्यदलमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, एमालेका प्रमुख सचेतक मधुसुदन पौडेल र सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ रहेका छन्।

कार्यदलले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटलाई यथार्थपरक र आवश्यकतामा आधारित बनाउन भूमिका खेल्ने मुख्यमन्त्री लामाले बताए। उनले विगतको जस्तो भद्दा र महत्वाकांक्षाले भरिएको नीति कार्यक्रम नबन्ने दाबी गरे। कर्मचारीहरूले तयार गरेको नीति कार्यक्रमलाई आवश्यक सुझाव र संशोधनसहित कार्यदलले अन्तिम रूप दिने मुख्यमन्त्री लामाको भनाइ छ। 

यस्तै, बैठकले चालू आर्थिक वर्षको बजेट कार्यक्रममा देखिएको विवाद समाधान गर्न कार्यान्वयनमा रहेका योजनाहरूमा ५० प्रतिशतसम्म बजेट थप गर्ने निर्णय गरेको छ। बजेट किताबमा समावेश भएका योजनाहरूमा बजेट अपुग भएकोले केही योजनामा ५० प्रतिशतसम्म रकम थप गर्ने निर्णय गरेको मुख्यमन्त्री लामाले बताए। सरकारले खर्च गर्न नसकेको बजेट र कार्यान्वयन नभएका योजनाहरूबाट बजेट कटौती गरी सांसदहरूले पेस गरेका तीन सयभन्दा बढी योजनामा उक्त बजेट रकमान्तर गर्ने निर्णय भएको मुख्यमन्त्री लामाले जानकारी दिए।

बजेटमाथिको विवादका कारण प्रदेश सभाको गत १९ चैत आह्वान भएको बैठक चल्न सकेको थिएन। बैठक नबसेपछि सरकारले प्रदेश सभाको अधिवशेन नै अन्त्य गर्नुपर्ने बाध्यता देखिएको थियो। बैठकले संसद्को बजेट अधिवेशन आह्वान गर्ने विषयमा विपक्षी दलहरूसँग संवाद गर्ने निर्णय गरेको छ।