१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
Invalid date format १९:१७:oo
Read Time : < 1 मिनेट
समाचार

प्रहरीको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१७:oo

जनपदतर्फ प्रहरी जवानको परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थीलाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा पाख्रिबास नगरपालिका–५ बस्ने १९ वर्षीय ज्ञानुता विश्वकर्मा रहेकी जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

पक्राउ परेकी विश्वकर्माले नेपाल प्रहरीको विज्ञापन नम्बर ०३-०८१–०८२ प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा दर्ता नम्बर ३३५९२ का परीक्षार्थी आरतीकुमारी मण्डलको नाममा पोखरास्थित एक परीक्षा केन्द्रमा परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ गरेको शर्माले बताए।

मण्डलको नाममा अर्को व्यक्तिले परीक्षा दिएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको टोलीले विश्वकर्मालाई पक्राउ गरेको हो। पक्राउ परेकी विश्वकर्मालाई शिक्षा ऐनसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।