१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Monday, 21 April, 2025
रमेश सुनार कालिकाेट
२o८२ बैशाख ८ सोमबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार

Read Time : < 1 मिनेट
रमेश सुनार, कालिकाेट
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार १७:२१:oo

कालिकाेटकाे नरहरिनाथ गाउँपालिकाकाे माल्काेटमा सुत्केरी व्यथा लागेकी एक महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। नरहरिनाथ गाउँपालिका वडा नम्बर ७ की ३० वर्षीया घुमीसरा शाहीलाई उद्धार गरिएको हो। 

सुत्केरी व्यथा लागेको लामो समयसम्म सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरेर शाहीलाई सुर्खेत पठाइएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए।

सुत्केरी व्यथा लागेकी उनलाई हिजाे राति ४ बजे माल्काेट स्वास्थ्य चौकीमा पुर्‍याएको थियो। त्यहाँ सुत्केरी हुन नसकेपछि र अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकोप्टरद्वारा उद्धार गरिएको हो।

शाहीलाई नेपाली सेनााको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको स्वास्थ्य शाखा प्रमुख मानबहादुर शाहीले बताए।