१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
Invalid date format ११:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाथीभरा दुर्घटनाका घाइते आमाछोरालाई हेलिकाेप्टरमार्फत काठमाडौं लगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५८:oo

ताप्लेजुङको पाथीभरा क्षेत्रमा बिजुलीको तार खसेर गुडिरहेको गाडीमा आगो लागेर  घाइते भएका बिरामीलाई लिएर ताप्लेजुङबाट हेलिकाेप्टर उडेको छ । प्रहरी प्रमुख डिएसपी रवि रावलले ललितपुर महानगरपालिका– १० निवासी ४५ वर्षकी सविना आचार्य र उनकै छोरा १० वर्षका अभियान आचार्यलाई थप उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडाैंको हेम्स अस्पताल लगिने बताए ।

हेम्स अस्पतालका डाक्टरसमेत रहेका सविनाका श्रीमान् नीरज आचार्यसहित चिकित्सकको टोलीसमेत आएको हेलिकाेप्टरले बिरामी लिएर उडेको डिएसपी रावलले बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छोरी र सासूससुरा गुमाएका नीरजलाई फोन गरी कोशी प्रदेश सरकारले उपचारसहितको सबै खर्चको व्यवस्थापन गर्ने  जनाएका छन् । 

सो दुर्घटनामा परी महानगरपालिका– १० निवासी सविनाका छोरी १६ वर्षीया आध्या आचार्य, आध्याका मावलीतर्फका हजुरबुबा झापा भद्रपुर १५ बस्ने ७० वर्षका विनोद पौडेल, मावली हजुरआमा ६९ वर्षकी सरिता पौडेल तथा सवारीचालक ताप्लेजुङको फुङलिङ नगरपालिका– १० फुरुम्बु बस्ने ४२ वर्षका दुर्गा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।