१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
Invalid date format ११:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै १३ वर्षीया छोरीलाई जबर्जस्ती करणी गर्ने बाबु पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२१:oo

मकवानपुरको थाहामा आफ्नै नाबालिक छोरीलाई जबर्जस्ती करणी गर्ने बाबु पक्राउ परेका छन्।आफ्नै १३ वर्षीया छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका– १ कुन्छालका ३६ वर्षीय पुरुषलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।

ती पुरुषले आफ्नै छोरीलाई गत २८ चैतमा ललाइफकाई घरदेखि अन्दाजी तीन–चार किलोमिटर पश्चिमतर्फ रहेको जंगलमा लगी जबर्जस्ती करणी गरेका थिए । पीडित बालिकाले घटनाबारे इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरी निरीक्षक सविनबाबु अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले ती पुरुषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

पीडित बालिकाको अवस्था सामान्य रहेको र उनलाई सेफ हाउसमा राखिएको छ । यस्तै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।