१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ८ सोमबार
  • Monday, 21 April, 2025
२o८२ बैशाख ८ सोमबार o७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाथिभरा जाँदै गरेको ट्याक्सीमा करेन्ट लागेर दुर्घटना हुँदा कम्तिमा चार जनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ८ सोमबार o७:२२:oo

ताप्लेजुुङको पाथिभरा गइरहेको  ट्याक्सीमा करेन्ट लागेर दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । पाथीभरा जाँदै गरेको ट्याक्सी फुङलिङ नगरपालिका १० तेश्रे भन्ने ठाउँमा पुगेपछि विजुलीको पोल ढलेको र सोही पोलबाट करेन्ट लागि केहीको मृत्यु भएको बताइएको छ । 

३०११ गाडी नम्बरको  ट्याकसीमा कतिजना थिए भन्ने कुराको एकिन हुन नसकेको प्रहरी निरिक्षक तथा सूचना अधिकारी बिवेक बस्नेतले जानकारी दिए ।  सो क्षेत्रमा अहिले प्रहरी, एम्बुलेन्स र उद्धारकर्ताहरु पुगेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयले कम्तिमा चार जनाको मृत्यु भएको बताए पनि अझै के कति हताहति भए भन्नेबारे अझै पुष्टी भइनसको प्रहरी निरिक्षक तथा सूचना अधिकारी बस्नेतको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।