१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 21 April, 2025
Invalid date format १९:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कृष्णभिरबाट मोटरसाइकल खस्दा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२४:oo

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरबाट त्रिशूली किनारमा मोटरसाइकल खस्दा एकजनाको ज्यान गएको छ।

बागमती प्रदेश ०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकल कृष्णभिरबाट त्रिशूली किनारमा खस्दा सिन्धुलीको तीनपाटन गाउँपालिका– ९ का २६ वर्षीय मीनबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक हमालका अनुसार मोटरसाइकल सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। मृतक तामाङको शवसहित दुर्घटनाग्रत मोटरसाइकल त्रिशूली किनारनजिकै झाडीमा भेटिएको उनले बताए।