१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ७ आइतबार
  • Sunday, 20 April, 2025
२o८२ बैशाख ७ आइतबार ११:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ७ आइतबार ११:१७:oo

दाङ तुलसीपुर उपमहानगरपालिका– १३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उनले ‘कानुन’ विषय पढिरहेकी छन् । ‘मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘तर, मैले इच्छा राखेपछि घरबाट जसरी पनि पढाउने वचन दिएपछि अहिले मैले कानुन विषय पढिरहेकी छु ।’

तुलसीपुर उपमहानगरपालिका– १२ स्थित एक निजी कलेजमा कानुन विषयमा स्नातक (बिएएलएलबी) पढाइ सुरु भएपछि अहिले उनी त्यहीँ पढिरहेकी छिन् । उनको एउटै इच्छा छ– अधिवक्ता (लयर) बन्ने । ‘सकेसम्म न्यायाधीश बन्ने इच्छा हो, त्यो सकिएन भने पनि अधिवक्ता बन्ने ठुलो धोको हो,’ उनले भनिन् ।

तुलसीपुर– ११ निवासी सरु चौधरीको पनि अवस्था उस्तै नै हो । उनलाई घरबाट पढाइ खर्च पुर्‍याउन हम्मेहम्मे पर्छ । तर, उनको इच्छा कानुन विषय पढ्ने रह्यो र घरपरिवारले पनि समर्थन गरेपछि अहिले उनले कानुन विषय पढिरहेकी छिन् । उनीहरू दुवैजनाले अहिले आठौँ सेमेस्टरको अध्ययन गरिरहेका छन् । दाङ थारू समुदायको बाहुल्य भएको जिल्ला हो । तर, दाङमै कानुन विषय पढेका महिला विरलै छन् । यसले पनि उनीहरूलाई कानुन विषय पढ्ने कुराले झकझक्यायो । ‘कानुन पढेका थारू समुदायका महिला त थुप्रै हुनुहुन्छ, तर, महिलाहरू विरलै भएकाले पनि हामीले कानुन विषय पढ्ने इच्छा राखेका हौँ,’ भने । कानुन विषय पढ्न रु. चार लाखको हाराहारी खर्च लाग्छ ।

उनीहरूलाई हौसला दिने काम गरेकी छिन्, तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले । उनले आर्थिक तथा अन्य सहयोग गर्दै आएकी छिन् । जिल्लामा कानुन विषय पढेका महिलाको संख्या विरलै छ । त्यसैले महिलाले पनि कानुन पढ्नुपर्छ भनेर मैले सुरुदेखि नै सहयोग गर्दै आएकी छु,’ उनले भनिन्, ‘मेरै पहलमा उनीहरूलाई कानुन पढ्न लगाएको र पढाइका लागि नियमित सहयोग गरिरहेकी छु ।’ कानुन पढ्नेलाई मात्र होइन, अन्य विद्यार्थीलाई पनि सहयोग गरेको उनले बताइन् । तुलसीपुर–१० निवासी नीरा चौधरी, आशा चौधरी, प्रमिला चौधरी, सन्ध्या पौडेललाई पनि पढ्नका लागि आर्थिक सहयोग गर्दै आएकी छिन् । विगत लामो समयदेखि उनले आर्थिकसहित शैक्षिक सामग्रीलगायत सहयोग गर्दै आएकी छिन् । उनले यस्ता आर्थिक अभाव भएका विद्यार्थीलाई सहायता दिँदै आएको बताइन् । रासस