१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 20 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिवाइडी सिगलले जित्यो ‘वर्ल्ड अर्बन कार अफ दी इयर’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२९:oo

बिवाइडी सिगल (डल्फिन मिनी)ले ‘वर्ल्ड अर्बन कार अफ दी इयर २०२५’ को  उपाधि जित्न सफल भएको छ । बिवाइडीले वर्ल्ड कार अवार्ड कार्यक्रमअन्तर्गत उक्त उपाधि जितेको छ । अप्रिल १६ मा न्युयोर्क, अमेरिकामा आयोजित ‘न्युयोर्क इन्टरनेसनल अटो सो’मा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनसँग प्रतिस्पर्धा गर्दै बिवाइडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डका रूपमा यो अवार्ड हात पारेको बताइएको छ । यस ऐतिहासिक जितले विश्वव्यापी न्यु इनर्जी भेइकल (एनइभी) क्षेत्रमा बिवाइडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रियस्तरमा पुष्टि गरेको कम्पनीले जनाएको छ ।

उक्त ब्रान्डले ओसन एस्थेटिक्स डिजाइन दर्शनलाई समेटेको छ, जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको कम्पनीको दाबी छ । उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी–फ्रेन्डली पर्फमेन्सले नै यो मोडेल विभिन्न प्रमुख बजारमार बेस्ट सेलर बन्दै आएको बताइएको छ । कम्पनीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले भनिन्, ‘बिवाइडी सिगललाई वर्ल्ड अर्बन कारका रूपमा सम्मानित गरिनु गर्वको विषय हो । यसले विश्वव्यापी ग्राहकलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गरेको छ ।’

सन् २०२४ मा बिवाइडी डल्फिनले पनि वर्ल्ड अर्बन कारकै शीर्ष तीनमा स्थान बनाएको थियो भने बिवाइडी सिगल वर्ल्ड कार अफ दी इयरको शीर्ष तीनमा पर्न सफल भएको थियो । नेपालमा भने बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पहिले नै बिवाइडी सिगलको परीक्षण गरिसकेको छ ।