१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १३:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

धनकुटामा पहिलोपटक भलिबल उत्सव तथा रमाइलो मेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

धनकुटामा पहिलोपटक भलिबल उत्सव तथा रमाइलो मेला सुरु भएको छ। जिल्ला भलिबल संघ धनकुटाको आयोजनामा तल्लो टुँडिखेलमा आजदेखि भलिबल उत्सव सुरु भएको हो।

भलिबल उत्सवको कोशी प्रदेशका पूर्वराज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेका छन्। भलिबल उत्सवको उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य राईले खेलको माध्यमद्वारा धनकुटालाई चिनाउन सहयोग पुग्ने बताए।

विश्वका युरोपियन देशहरू खेलको माध्यमद्वारा संसारमा चर्चित रहेको उल्लेख गर्दै धनकुटालाई भलिबल खेलको माध्यमद्वारा चिनाउन सबैले सहयोग गर्नुपर्नेमा सदस्य राईले जोड दिए। जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले खेलकुदको विकाससँगै स्वास्थ्य जीवन जिउन पनि मद्दत पुग्ने भएकोले खेलकुदको विकास गर्न आवश्यक रहेको बताए।

आज भएको महिला भलिबलतर्फको उद्घाटन खेलमा पाख्रिवास नगरपालिकालाई २५–१० र २५–११ को सोझो सेटमा पराजित गर्दै सहिदभूमि गाउँपालिका धनकुटा विजयी भएको छ।

वैशाख २० गतेसम्म सञ्चालन हुने भलिबल उत्सवमा भलिबल प्रतियोगितासँगै दुनाटपरी बनाउने, शंख बजाउने, डोको बुन्ने र दौड प्रतियोगिता पनि हुने जिल्ला भलिबल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले बताए। वडास्तरीय हुने पुरुष भलिबल प्रतियोगितामा २० टिम र पालिकास्तरीय हुने महिला भलिबल प्रतियोगितामा ६ टिम सहभागी रहेका छन्। 

महिला र पुरुष दुवैतर्फका विजेता टिमलाई ५० हजार र उपविजेतालाई ३० हजार नगर पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ। उक्त उत्सवमा हरेक दिन गायक दुर्गेश थापा, गायिका एलिना चौहानलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछ।