१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख ५ शुक्रबार २o:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार २o:३७:oo

दाङको लमही-भालुवाङ सडकखण्डअन्तर्गत सिंगेखोलानजिकै बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

कृष्णनगरबाट घोराहीतर्फ आउँदै गरेको बा.३ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका- ५ बस्ने ५७ निमसरोज यादव रहेका छन् । अर्का एकजना मृतकको भने सनाखत हुन बाँकी छ ।

दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था मध्यम छ भने सातजनाको अवस्था सामान्य छ ।

अहिले प्रहरीले उद्धारको काम गरिरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।