१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १९:o६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

केपी ओली कपको उपाधि गण्डकी हिरोजलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o६:oo

केपी ओली कप टी–२० राष्ट्रिय पुरुष खुला क्रिकेट प्रतियोगिता २०८१ को उपाधि गण्डकी हिरोज क्रिकेट क्लबले जितेको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सिइसी काठमाडौंलाई पाँच विकेटले पराजित गर्दै गण्डकीले उपाधि हात पारेको हो।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले १९.४ ओभरमा सबै विकेट गुमाएर १८२ रनको योगफल तयार गरेको थियो। १८३ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङका लागि मैदान उत्रेको गण्डकीले १७.३ ओभरमा पाँच विकेटको क्षतिमा १८५ रन बनाएर लक्ष्य पूरा गर्‍याे। आजको खेलमा काठमाडौंका दुई र गण्डकीका एक गरी तीन खेलाडीले अर्धशतक पूरा गरे।

काठमाडौंका अर्जुन घर्तीले ३४ बलमा चार चौका र ६ छक्का प्रहार गर्दै ६८ रन बनाएका थिए भने पृथु बाँस्कोटाले २९ बलमा सात चौका र दुई छक्कासहित ५० रन जोडेका थिए। शिवम् तिवारीले २५ बलमा एक छक्कासहित २३ रन जोड्दा टोलीका अन्य खेलाडीले दाहोरो अंकमा रन जोड्न सकेनन्। ओपनरद्वय ऋत गौतम र दीपेन्द्र रावतले समान चार–चार रन मात्र जोड्दा टोलीका अन्य खेलाडीहरू दिनेश बोहोराले आठ, सुशान्तसिंह थापाले ६, सूर्य तामाङले तीन तथा राजेन्द्र बम, युनिशविक्रम सिंह ठकुरी र मनोज यादवले समान एक–एक रन मात्र जोड्न सके।

गण्डकीका लागि प्लेयरअफ दी म्याचसमेत बनेका किरण ठगुन्नाले ५२ रन जोड्ने क्रममा २६ बलमा तीन चौका र चार छक्का प्रहार गरे। सुजन थपलियाले २१ बलमा ६ चौकासहित ३५, वसन्त कार्की १७ बलमा तीन छक्कासहित २७ र दीपक डुुम्रेले १५ बलमा दुई चौका र दुई छक्कासहित २६ रनको योगदान गरे। ओपनर साकिव हुकले १५ बलमा ५ चौका प्रहार गर्दै २४ र नारायण जोशीले १३ रन बनाउँदा अर्का ओपनर अर्जुन कुमाल विनारन पेभिलियन फर्किए।

खेलमा गण्डकीका अमृत गुरुङले ३.४ ओभर खेल्दै २८ रन खर्चेर ३ विकेट हात पार्दा कृष्ण पौडेलले चार ओभरमा ३६ रन खर्चेर तीन विकेट निकाले। विपिन खत्री र मिलन बोहराले समान दुई–दुई विकेट लिए। काठमाडौंका लागि दीपेन्द्र रावतले चार ओभर खेल्दै ३४ रन खर्चेर तीन विकेट हात पार्दा मनोज यादव र सूर्य तामाङले समान एक–एक विकेट लिए।

प्रतियोगितामा काठमाडौंका दीपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित हुँदा अत्तरिया क्रिकेट एकेडेमीका विपिन रावल उत्कृष्ट ब्याटर, लुम्बिनी खुकुरी क्रिकेट क्लबका अजयकुमार चौहान उत्कृष्ट बलर घोषित भए।

प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा म्यान अफ दी टुर्नामेन्टले ३० हजार, बेस्ट बलर र बेस्ट ब्याटरले समान २०–२० हजार नगदसँगै सिल्ड प्राप्त गरे। प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दी म्याचले पाँच हजार नगदसँगै सिल्ड पुरस्कार पाएका थिए।

२३ चैतदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेशका दुई–दुई गरी १४ र थप दुई क्लब गरी १६ टिमको सहभागिता थियो।