१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, २५७ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१९:oo

यस वर्षको प्रि–मनसुनको हालसम्मको अवधिमा विपतजन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ। २५७ जना घाइते भएका रााष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यस अवधिमा करोडौँ रुपैयाँबराबरको क्षति भएको छ। मुलुकमा अहिले प्रि–मनसुनको अवधि छ। साधारणतया मध्यफागुनदेखि मध्यजेठसम्म (मार्चदेखि मेसम्म)को समयलाई प्रि–मनसुन भनिन्छ। प्राधिकरणका अनुसार प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले समान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानमा असिना पर्ने, हुरीबतास चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने गर्छ।

प्राधिकरणले आज सूचना जारी गर्दै हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खण्डित वर्षा भइरहेको जनाएको छ। यो अवस्था अझै केही दिन रहनेछ।

जल तथा मौसम विज्ञान विभागका निकायबाट जारी हुने विपतसम्बन्धी सूचना, पूर्वानुमान एवं चेतावनीको पालना गर्न, विपतबारे चासो राखी चनाखो बनी विपत् सुरक्षित नेपाल निर्माणमा साथ सहयोग पुर्‍याउन प्राधिकरणले अनुरोध गरेको छ। रासस