१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format ११:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३६७ किलो लागुऔषध गाँजासहित पाँचजना प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४o:oo

जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा बाराको विभिन्न स्थानबाट अवैध लागुऔषध गाँजा बरामद गरेको छ । ३६७ किलो १४० ग्राम अवैध लागुऔषध गाँजासहित एक भारतीय नागरिकसहित पाँचजनालाई पक्राउ गरेको हो। 

जितपुरसिमरा उपमहानगरपालिका– ३ बजनीबाट बिहीबार मध्यरातमा ना.५ख २५०४ नम्बरको मिनी ट्रकलाई चेक जाँच गर्दा १९ वटा पोकामा लुकाएर राखेका ३०५ किलो  लागुऔषध गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको मिनी ट्रकसहित ओसारपसार कार्यमा संलग्न  तीनजना व्यक्तिसमेतलाई नियन्त्रणमा लिन सफल भएको हो । 

पक्राउ पर्नेमा मकवानपुर जिल्ला कैलास गाउपालिका– ४ बस्ने ३२ वर्षीय ट्रकचालक राजन लामा, सोही स्थानका वडा नम्बर १० बस्ने ट्रकमा सवार २७ वर्षीय जीवन ठोकर र मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका– ३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन रहेका छन । त्यसैगरी, बारा प्रहरीले विशेष सूचनाको आधारमा बिहीबार इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले बाराको प्रसौनी गाउँपालिका– ४ स्थित खुटवाको एक घरबाट बिक्री–वितरण गर्ने उद्देश्यसहित लुकाइछिपाइ राखेको दुई किलो १४० ग्राम लागुऔषध गाँजासहित ३१ वर्षीय पवनकुमार साहलाई नियन्त्रणमा लिएको छ ।

यस्तै, विशेष सूचनाकै आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले बाराको पचरौता नगरपालिका– १ मुसहरीटोलस्थित  मकैबारी हुँदै नेपालबाट भारततर्फ लागुऔषध गाँजा निर्यात हुँदै गरेको सूचनाका आधारमा टाउकोमा बोकी ओसारपसार गर्दै गरेका एक भारतीय नागरिकलाई नियन्त्रणमा लिन सफल भएको हो । 

प्रहरीले ओसारपसार गर्ने भारतको बिहार प्रान्त मोतीहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनिया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई चारवटा पोकामा रहेको ६० किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।