
कुमारी बैंकले ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले आइफोन १६ जित्न सक्नेछन् । साथै, हरेक हप्ता सयजनालाई १०० रुपैयाँबराबरको मोबाइल रिचार्ज उपहार दिइने बैंकले जनाएको छ ।
योजनामा सहभागी हुन ग्राहकले कम्तीमा सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा पाँच सयको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । यो प्रक्रियालाई पूरा गरेपछि मात्रै ग्राहक साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य हुनेछन् ।
३१ वैशाखसम्म सञ्चालन हुने उक्त योजनामा सहभागीमध्येका एकजना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप आइफोन १६ जित्न सक्नेछन् । यस योजनाले ग्राहकलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्नुका साथै मोबाइल टपअप र फोनपे डाइरेक्ट कारोबारलाई प्रवर्द्धन गरी डिजिटल बैंकिङ सेवालाई सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैंकले राखेको छ ।
बैंकले देशभरका तीन सय दुई शाखा सञ्जाल, तीन सय १६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइमार्फत वित्तीय सेवा दिँदै आइरहेको छ ।