१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
गणेश लम्साल विराटनगर
Invalid date format o९:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

एमाले विराटनगर कमिटीमा संस्थापनइतर समूहकाे प्यानल नै निर्वाचित

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format o९:३२:oo

नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा इतर समूहका बलराम गिरीको प्यानल नै निर्वाचित भएको छ । शुक्रबार बिहान सार्वजनिक मतपरिणामअनुसार संस्थापन पक्षका प्रतिस्पर्धी रोहित कोइरालाको प्यानललाई पराजित गर्दै इतर समूहका अध्यक्ष बलराम गिरीको प्यानल नै विराटनगर महानगरको कमिटीमा विजयी भएको हो ।  

मुद्रण व्यवसायीसमेत रहेका गिरीलाई पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट इतर पक्षका नेता विनोद ढकाल समूहको समर्थन थियो। संस्थापन पक्षका उम्मेदवार रोहित कोइरालालाई नगर इन्चार्ज पर्शुराम बस्नेतसहित ओली पक्षका नेताहरूको समर्थन रहेको थियो ।

सार्वजनिक मतपरिणामअनुसार निर्वाचित गिरीले १७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रोहित कोइरालाले ५२ कम मत अर्थात् एक सय २१ मत मात्रै प्राप्त गरे। महानगर कमिटीको उपाध्यक्षमा गिरी प्यानलका सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा, उपसचिवमा हमिद आजाद, उपसचिवमा हिमा मैनाली पोखरेल निर्वाचित भएका छन्।

 एमाले विराटनगर महानगर कमिटीको अधिवेशनमा कायम भएका ३१४ जना प्रतिनिधिमध्ये ३०८ जनाले मतदान गरेका थिए। केही महिना अगाडि सम्पन्न एमाले मोरङ जिल्ला कमिटीको निर्वाचनमा पनि इतर समूहका अध्यक्ष अजम्बर राईको प्यानल नै निर्वाचित भएको थियो।