१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format o८:१७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सरकारले बिचौलियाको इसारामा काम गरेको छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१७:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले बिचौलियाको इसारामा काम गरेको आरोप लगाएका छन् । काम गर्ने इमानदार कर्मचारीलाई प्रताडित गर्ने, अपमानित गर्ने, निकाल्ने र नराम्रोलाई भर्ती गर्ने काम गरिरहेको उनको भनाइ छ ।

बिहीबार भैरहवामा पत्रकारसँग कुरा गर्दै सत्तारूढ दलकै प्रभावशाली नेताहरूले सरकारको कार्यशैलीको आलोचना गरेको बताए । ‘पहिले त माओवादी र प्रचण्डले भनेको पूर्वाग्रह हो कि भन्ने लाग्थ्यो होला, तर अहिले कांग्रेसकै महामन्त्रीहरूले नै भन्न थाल्नुभयो । अब प्रचण्डले भनेको साँचो रै’छ भन्ने पुष्टि भयो,’ उनले भने ।

बिचौलियाको स्वार्थअनुसारका नियुक्ति गर्ने र इमानदार कर्मचारीलाई प्रताडित गर्ने काम नगर्न प्रचण्डले सुझाव दिए । कांग्रेस महामन्त्रीले नै प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको भनिसकेको बताउँदै उनले सरकार बिचौलियाले चलाउने गरेको स्पष्ट भएको बताए ।

स्वार्थ समूहको बिगबिगी भइरहेको बताउँदै उनले मेरिटोक्रेसीका आधारमा गभर्नर नियुक्त गरेर अर्थतन्त्रमा देखापरेका गम्भीर समस्याको समाधानका लागि पहल गर्न सरकारलाई सुझाव दिए । गभर्नर नियुक्तिको विषयमा दलहरूबिच नभई बिचौलियाबिच कुरा नमिलेको उनले दाबी गरे ।

‘अहिले गभर्नरको विषयमा बिचौलियाको बिचमा तानातान छ । तपाईंहरूलाई लाग्छ होला पार्टीहरूको बिचमा भागबन्डा मिलेको छैन । तर, कुरा नमिलेको बिचौलियाको बिचमा हो,’ उनले भने ।

अर्थतन्त्रलाई नियमन, नियमित गर्ने, सन्तुलित बनाउने महŒवपूर्ण संवेशदनशील पदका विषयमा हुने बिचौलियाको चलखेल बन्द गर्न प्रचण्डले आग्रह गरे । पार्टी र समाजवादी मोर्चाकै तर्फबाट पनि पटक–पटक खबरदारी गरिरहेको बताउँदै उनले सरकारले भने त्यतातिर ध्यान नदिएको बताए ।