१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका मकवानपुर
२o८२ बैशाख ५ शुक्रबार o७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरगढीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, १४ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार o७:३१:oo

मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । गएराति १ बजे मकवानपुरगढी गाउँपालिका– २ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी गएराति १ बजे सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमान्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुषी मगरको शव आज बिहान घटनास्थलनजिकैको खोल्सामा फेला परेको हो । दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।