१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १९:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेलाई पाँच दिनको म्याद थप

विनाशर्त छोड्नुपर्ने भन्दै समर्थकले गरे राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२६:oo

३१ चैतमा हेटौँडा अस्पतालको बोर्ड तोडमोड गरेको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ६ जनालाई पाँच दिनको म्याद लिई अनुसन्धान थालिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार अस्पतालको बोर्ड तोडमोड गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम हटाउने घटनामा संलग्न रहेका ६ जनालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएको हो।

उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले हेटौँडाका सुनील गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई नियन्त्रणमा लिएको छ। उनीहरू आफैँ बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेकाे मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

उक्त समूहले ३१ चैतमा हेटौँडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने माग गर्दै अस्पतालको बोर्डमा केरमेट गरेर मदन भण्डारी प्रतिष्ठानको नाम हटाएका थिए। यस्तै, उनीहरूले अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम हटाएर नयाँ बोर्डसमेत टाँसेका थिए।

घटनालगत्तै प्रतिष्ठानले घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै विज्ञप्तिमार्फत प्रशासनको ध्यानाकर्षण गराएको थियो। घटनामा संलग्नलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आदेश गरे पनि उनीहरूलाई प्रहरीले भेटाउन सकेको थिएन। प्रहरीका अनुसार बोर्ड तोडमोड गरेर घटनामा संलग्न सबै फरार भएका थिए।

प्रहरीले निरन्तर खोजतलास गर्दा पनि फेला नपरेका उनीहरू बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका थिए। यसैबिच पक्राउ परेका युवाका समर्थकहरूले बिहीबार साँझ जिल्ला प्रहरी कार्यालयअगाडि पूर्व-पश्चिम सडक खण्ड केहीबेर अवरुद्ध गरेका थिए। उनीहरूले राजनीतिक दबाबका कारण युवाहरूलाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेका थिए।
विरोधमा उत्रिएका युवाहरूले शुक्रबार १० बजेबाट विरोधका कार्यक्रमहरू सार्वजनिक गर्ने बताएका छन्। उनीहरूले पक्राउ परेकाहरूलाई निसर्त छोड्नुपर्ने माग गरेका छन्।