
नेपालबाट श्रीलंकामा गाँजा तस्करीको प्रयास गरेको आरोपमा एक श्रीलंकन नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट ५ किलो २ सय ग्राम गाँजासहित श्रीलंकन नागरिक ६१ वर्षीय मोहम्मद सलिम रुमोजलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
श्रीलंकन एयरको उडानद्वारा काठमाडौं हुँदै श्रीलंका जान लागेका उनलाई डिपार्चर होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो। उनलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ।