१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
रासस क्यानबेरा
Invalid date format १५:o१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि

Read Time : < 1 मिनेट
रासस, क्यानबेरा
नयाँ पत्रिका
Invalid date format १५:o१:oo

मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अस्ट्रेलियाले बिहीबार प्रकाशित सरकारी तथ्यांकमा उल्लेख गरिएको छ। अस्ट्रेलियाको तथ्यांक विभाग (एबिएस)का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ।  जुन फेब्रुअरीमा चार प्रतिशत थियो।

रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउँदै बेरोजगारी दर लगातार पाँच महिना चार प्रतिशतमा रहेको एबिएसले जनाएको छ। पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको संख्या तीन लाख आठ (२.२ प्रतिशत)ले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत दुई प्रतिशतभन्दा बढी हो।

रोजगारमा रहेका अस्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बिचमा ३२ हजार दुई सयले वृद्धि भएको एबिएसले जनाएको छ। सोही अवधिमा बेरोजगार व्यक्तिहरूको संख्या तीन हजारले बढेको छ।

एबिएसका श्रम तथ्यांक प्रमुख सिन क्रिकले रोजगार–जनसंख्या अनुपात (काम गर्ने उमेरको जनसंख्या) मार्चमा ६४.१ प्रतिशत रहेको छ। रोजगारीमा वृद्धिको बाबजुद, क्रिकले अस्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ०.३ प्रतिशतले घटेको बताउँदै यसको कारण चक्रवातलगायत प्रमुख मौसमी घटनाहरू भएको बताए।