१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक, गगन थापा अनुपस्थित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२३:oo

सरकारमाथि नेपाली कांग्रेसका नेताहरूले आलोचना गरिरहेका वेला उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बसेको हो। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित रमेश लेखक, आरजु देउवा तथा एमालेका ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छन्। संयन्त्रका सदस्य रहेका कांग्रेसका महामन्त्री गगन थापा बैठकमा सहभागी छैनन्। थापाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै बेडरुमसम्मै बिचौलियाको पहुँच रहेको टिप्पणी गरेका थिए।